एनपीएलमा आज जनकपुर र पोखरा भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। जनकपुर बोल्ट्सको टोलीमा कप्तान हरमित सिंहसहित इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साह



























































