बढ्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आइतबार (असोज २५) सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ रहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ४०५ रुपैयाँ थियो ।





प्रतिकृया दिनुहोस