पूर्वाधार मन्त्रालयद्वारा सात इन्जिनियर सेवाबाट बर्खास्त
पूर्वाधार विकास मन्त्रालयले नियमित रूपमा कार्यालयमा हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गरेको हो ।
सेवाबाट हटाइएकामध्ये छ जना लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको र एक जना स्वीकृतिबिना बिदामा बसेको कसुरमा कारबाहीमा परेका हुन् ।
कार्यालयमा नियमित हाजिर नभएको भन्दै पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, स्वीकृति नलिई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सरकारी सेवाबाट हटाइएको छ ।





प्रतिकृया दिनुहोस