प्रधानमन्त्री बालेनसँग भेट गर्दै भारतीय विदेश सचिव
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग शिष्टाचार भेटवार्ता गर्दै छन् । प्रधानमन्त्रीसँग भेटवार्ता सकेर उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौं आएका हुन् । उनले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
आज प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीले भेट नदिने भनेपछि मिस्रीको नेपाल भ्रमण रोकिएको बताइन्छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको सिलसिलामा मिस्री नेपाल आएका हुन् । शाहको भ्रमणको मिति भने सार्वजनिक भएको छैन । यद्यपि दुवै देशले भ्रमणको तयारी गरिरहेका छन् ।





प्रतिकृया दिनुहोस