आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त, यी हुन् सरकारका ३ निर्णय
सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको छ । उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गरी प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीलाई सुरक्षा व्यवस्थासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय गरेको हो ।सोही निर्णयअनुसार कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइएको छ । उनको स्थानमा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम कात्तिक १८ गतेदेखि लागू हुने गरी बढुवा गरिएको हो ।
सरकारले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा विषयमा परामर्श दिन उक्त पद सिर्जना गरेको जनाएको छ ।
सरकारको निर्णयअनुसार कार्कीलाई प्रहरी महानिरीक्षकस्तरको पदमा प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाइएको हो । प्रधानमन्त्रीलाई सुरक्षा व्यवस्थासम्बन्धी आवश्यक सल्लाह र परामर्श दिन उक्त पद सिर्जना गरिएको हो ।




प्रतिकृया दिनुहोस