एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउँदै निगम
नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्ज गर्ने) प्रक्रिया अघि बढाएको छ।
निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिएको हो।
यसैक्रममा निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई प्रोत्साहन गर्न र सोहीअनुसार आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
ग्यास उद्योगहरूलाई एकीकृत गर्ने निगमको यस पहलले ग्यासको बिक्री तथा वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउने अपेक्षा गरिएको छ।
.png)





प्रतिकृया दिनुहोस