धादिङको मझिमटारमा सोमबार ३ घण्टा सडक बन्द हुने
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार खण्डमा सोमबार तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङको सूचनाका आधारमा प्रशासन कार्यालयले सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त खण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जानकारी दिएको छ।
कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सवारी चालक तथा सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ। साथै, ट्राफिक नियम र सडक अनुशासन पालना गर्नसमेत आग्रह गरेको छ।





प्रतिकृया दिनुहोस