नवलपुरको लोकाहा खोलाको नयाँ पुलबाट सवारी सञ्चालन

नवलपुरको लोकाहा खोलामाथि रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि नयाँ पुलबाट सवारी आवागमन सञ्चालन गरिएको छ ।

कावासोती र प्रगतिनगरको बीचमा रहेको पुरानो पुलको मध्यभाग दबिएको जस्तो देखिएपछि सावधानीका लागि उक्त पुलबाट सवारी आवागमन रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार सोही स्थानमा रहेको नयाँ पुलमा कुनै समस्या नरहेकाले त्यहाँबाट सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

लोकाहा खोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको भन्ने खबर तथ्यपरक नभएको स्पष्ट पार्दै कार्यालयले सही सूचना सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
↑