यूएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन
संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने निर्णय गरेको छ।
समाचार एजेन्सीहरूका अनुसार यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै जाँदा शान्ति तथा सुरक्षामा खतरा उत्पन्न भएको भन्दै इरानसँगको कारोबार रोक्ने निर्णय गरेको हो।
यसअघि यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो। तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त आरोप अस्वीकार गरेका थिए।
यूएईका अनुसार प्रहार गरिएका दुई मिसाइलमध्ये एउटा उसको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर खसेको थियो भने अर्को यूएईको जलक्षेत्रभित्रै खसेको थियो।
अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि यूएई इरानी आक्रमणबाट प्रभावित हुने प्रमुख मुलुकमध्ये एक बनेको छ।





प्रतिकृया दिनुहोस