हर्मुज मार्गमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पछिल्लो स्थिति सामान्य रहेको बताउँदै रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज मार्गमा अमेरिकी सेनाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्।
जोइन्ट बेस एन्ड्र्युजमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको अवस्था राम्रो दिशामा अघि बढिरहेको बताए। उनका अनुसार हर्मुज मार्गमा अमेरिकाबाहेक अन्य कुनै पक्षको नियन्त्रण छैन।
ट्रम्पले अमेरिकी जलसेना अत्यन्त शक्तिशाली रहेको उल्लेख गर्दै अहिलेको अवस्था अमेरिकाका लागि सकारात्मक रहेको दाबी गरे।
इरानप्रति आफूलाई विश्वास नरहेको बताउँदै ट्रम्पले इरानले आफूलाई पटक–पटक झुट बोलेको आरोपसमेत लगाए। उनले भने, “म इरानलाई विश्वास गर्ने अन्तिम व्यक्ति हुँ।”
विश्वव्यापी इन्धन आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले अत्यन्त संवेदनशील मानिने हर्मुज क्षेत्रमा अमेरिका र इरानबीच लामो समयदेखि तनाव कायम छ।





प्रतिकृया दिनुहोस