बागमती प्रदेशसभाको बैठक मंसिर १५ गतेका लागि आह्वान

बागमती प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत १९औँ बैठक आगामी मंसिर १५ गते मंगलबार बस्ने भएको छ।  प्रदेशसभा सचिवालयले बैठक दिउँसो १ बजे बस्ने गरी मिति र समय निर्धारण गरेको हो।

प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने मिति र समय निर्धारण गरेको सूचनामा उल्लेख छ।

प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभा सदस्य तथा सरोकारवालाहरूलाई बैठकबारे जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस
↑