नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने भारतको घोषणा

भारतले नेपालको भौतिक पूर्वाधारमा सुधारका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ सहयोग घोषणा गरेको छ।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन्। करिब एक सय मिनेट लामो भेटघाटपछि आयोजित पत्रकार सम्मेलनलाई हिन्दीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भौतिक पूर्वाधारको सुधार र पुनर्निर्माणका लागि उक्त रकम दिने घोषण गरे।  

सोही अवसरमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले भारतीय सहयोगमा बनेका र बन्न लागेका पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास पनि गरेका छन्। 

प्रधानमन्त्रीद्यवले स्विच थिचेर ती परियोजनाको एकसाथ उद्घाटन र शिलान्यास गरेका हुन्। सोही अवसरमा दुवै प्रधानमन्त्रीले भारतको अयोध्याबाट जनकपुरसम्मको रेल सेवाको पनि शुभारम्भ गरेका छन्। 

सहमतिअनुसार भारतको धार्चुलाबाट नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुलको शिलान्यास, बनबासा नाकामा एकिकृत जाँच चौकीको शिलान्यास, मोतीहारी अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन, झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइनको शिलान्यास र ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास भएको छ। 

प्रतिकृया दिनुहोस
↑