एसईईको आवेदन फाराम भर्ने म्याद १५ दिन थप

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीका लागि आवेदन फाराम भर्ने समयसीमा १५ दिन थप गरेको छ।

कार्यालयले मंगलबार दोस्रोपटक सूचना जारी गर्दै म्याद थप गरिएको जानकारी दिएको हो। यसअघि कात्तिक ९ गते जारी सूचनाअनुसार मंगलबारसम्म आवेदन फाराम भर्ने समय तोकिएको थियो।

तर, दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदाका कारण तोकिएको समय अपुग भएको भन्दै विभिन्न विद्यालयबाट म्याद थप गर्न माग आएपछि समयसीमा बढाइएको कार्यालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार राजस्व बुझाउनेलगायत आवेदन प्रक्रियाका सम्पूर्ण काम पूरा गर्ने अन्तिम म्याद मंसिर २५ गतेसम्म कायम गरिएको छ।

प्रतिकृया दिनुहोस
↑