ताप्लेजुङ केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प

पूर्वी नेपालको सीमा क्षेत्रमा बिहानै दुई भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको र ५.३ म्याग्निच्युटको.भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ताप्तेजुङको ओलाङचुङ गोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । यो तिब्बतसँग जोडिएको क्षेत्र हो । त्यस्तै भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले भूकम्पले क्षति गरेको बारे हालसम्म कुनै जानकारी नआएको बताएका छन्। उनले अहिले प्रहरी र स्थानीय तहसँग बुझ्ने काम भइरहेको बताए।

भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उल्लेख गरेको छ ।

मंगन भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने जिल्ला हो । यो नेपालको ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक पर्दछ ।  

प्रतिकृया दिनुहोस
↑