तोलामा ४ हजार ८०० ले बढ्यो सुन, कति पुग्यो ?
आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।
हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ४०० रुपैयाँ थियो । पछिल्लाे समय सुनकाे भाउ लगातार घटेकाे थियाे । कार्तिक २३ गतेदेखि लगातार घटेकाे सुनकाे मूल्य आज बढेकाे हाे।
यता, चाँदीको मूल्य तोलाको ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ । हिजो एक तोला चाँदीको मूल्य ३ हजार ६५ रुपैयाँ थियो ।



प्रतिकृया दिनुहोस