एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । शुक्रबार (मंसिर ४) सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ । 

यस दिन सुन घटेर प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
↑