एकैदिन ६ हजार ३ सय रुपैयाँले घट्यो सुन
साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ हजार ३ सय रुपैयाँले घटेर २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यता चाँदीको मूल्य ११० रुपैयाँले घटेर प्रतितोला ३३८० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख २३ हजार ६ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २८९८ रुपैयाँ कायम भएको छ ।




प्रतिकृया दिनुहोस