सुनको मूल्यमा थप ३ हजार ३०० रुपैयाँले गिरावट

सुनचाँदीको भाउ लगातार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार पनि सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑