लोकाहा खोलाको पुरानो पुल खुल्न अझै दुई साता लाग्ने
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको लोकाहा खोलाको पुरानो पुल अझै दुई साता बन्द रहने भएको छ। पुलको स्ल्याबमा समस्या देखिएपछि मर्मत कार्य भइरहेको र त्यसलाई सम्पन्न गर्न थप करिब दुई साता लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पुल मर्मत कार्य जारी रहेकाले हाल उक्त खण्डमा सवारी आवागमनका लागि नयाँ पुल प्रयोग भइरहेको छ। पुरानो पुलको समस्या समाधान गरी मर्मत सम्पन्न भएपछि मात्रै पुनः सञ्चालनमा ल्याइने कार्यालयले जनाएको छ।
यससँगै लोकाहा खोला हुँदै यात्रा गर्ने सवारीसाधनले थप दुई सातासम्म नयाँ पुलबाटै आवतजावत गर्नुपर्ने भएको छ।





प्रतिकृया दिनुहोस