यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने
आईसीसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप क्रिकेट २०२७ को खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार तालिका सार्वजनिक गरेको हो।
नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने खेल आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। कुल ४१ खेल हुने विश्वकपका खेल बंगलादेशको चटगाउँ र सिलेट तथा नेपालको काठमाडौंमा आयोजना हुनेछन्। खेल तालिकाअनुसार प्रतियोगिताका ४१ मध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्। नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्डसँग खेल्नेछ। नेपालमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन्।





प्रतिकृया दिनुहोस