प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार मतदाता थपिए
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। अद्यावधिक विवरणअनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेका थिए।
आयोगका अनुसार अद्यावधिक मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम भएका छन्। आयोगले गत चैत २२ गतेदेखि भदौ १५ गतेसम्मको विवरणका आधारमा नामावली अद्यावधिक गरेको हो।
आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मृत्यु भएका ४५ हजार ३२२ जनासहित दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएका लगायतका कुल एक लाख ५८ हजार २६४ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ।





प्रतिकृया दिनुहोस