पृथ्वी राजमार्गको गलौँदी सडकखण्ड राति ६ घण्टा बन्द हुने
धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने भएको छ। सडक मर्मत कार्य गर्न जिल्ला प्रशासन कार्यालय धादिङले रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार आज (असोज २६) राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
यसअघि त्रिशूली नदीको कटानका कारण गलौँदी क्षेत्रमा सडक भासिएको थियो। सामान्य मर्मतपछि आइतबार दिउँसोदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको भए पनि थप मर्मत गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।






प्रतिकृया दिनुहोस