कांग्रेसको निर्वाचन १ बजेसम्मका लागि सर्यो
नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो एक बजेलाई सारिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी नपुगेकाले दिउँसो एक बजेका लागि सारिएको जानकारी दिए।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भएपनि वर्षा र केही प्राविधिक कारण देखाउँदा १० बजेदेखि सुरु गर्ने भनिएको थियो। तर अहिले फेरी दिउँसो एक बजेसम्मका लागि सारिएको हो। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।


-1791103958.jpeg)


प्रतिकृया दिनुहोस