कांग्रेस सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित विभिन्न पदाधिकारीमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ।

सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ। दुवै जना निर्विरोध निर्वाचित भएका छन्।

खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णको उम्मेदवारी परेको छ।

त्यस्तै, खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनाल उम्मेदवार बनेका छन्।

राष्ट्रिय सभागृहमा भएको उम्मेदवारी दर्ताका क्रममा निर्वाचन समितिले प्रस्तावक–समर्थक, शुल्क बुझाएको भौचर तथा महाधिवेशन प्रतिनिधिको प्रमाणपत्रलगायत कागजात अनिवार्य गरेको थियो।

विधान संशोधनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस
↑