कांग्रेस १५औँ महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै
काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारको प्रथम नामावली प्रकाशन दिउँसो साढे ४ बजे हुनेछ । उम्मेदवारीको दरखास्तमा दावी विरोधका लागि साढे ४ देखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।
दावी विरोधउपर जाँचबुझ साढे ५ देखि साढे ६ बजेसम्म हुनेछ ।
उम्मेदवारको दोस्रो नामावली प्रकाशन बेलुका ७ बजे हुने निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ । समितिका अनुसार कुल मतदाता संख्या ७ हजार ११४ जना रहेको छ । समितिले कसैको नामावली छुटेको भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ ।





प्रतिकृया दिनुहोस