सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि
नेपाली बजारमा सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ कम हो ।





प्रतिकृया दिनुहोस