सुनको भाउ एकैदिन ४८०० रुपैयाँले घट्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ४८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज सुनको प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ तोलाको ४ हजार ८५५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस