सुनको मूल्यमा फेरि उछाल, एकैदिन तोलामा ४ हजार २०० रुपैयाँ वृद्धि
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।
मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ४ हजार २०० रुपैयाँले बढेको हो। यससँगै १० ग्राम सुनको मूल्य पनि २ लाख ४३ हजार ३१० रुपैयाँबाट बढेर २ लाख ४६ हजार ९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदी बुधबार ९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४७५ रुपैयाँ पुगेको छ।
यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ७५५ रुपैयाँबाट बढेर ३ हजार ८३७ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।





प्रतिकृया दिनुहोस