सुनको मूल्य तोलाको ३ लाख नाघ्यो
नेपाली बजारमा सुन प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार तोलाको २ लाख ९६ हजार ९ सय कायम भएको थियो । आइतबार तोलामा ४ हजार ८ सयले बढेको हो ।
चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार ५८० प्रतितोला कारोबार भएको चाँदीको मूल्य वृद्धि भई आइतबार ४ हजार ६४५ पुगेको छ ।





प्रतिकृया दिनुहोस