सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य बढ्यो

सुनको मूल्य घटना चाँदीको मूल्य बढेको छ । जसअनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँमा झरेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँमा झरेको थियो ।

मंगलबार ६ हजार ४०० रुपैयाँले बढेर ३ लाख ७ हजार ९०० रुपैयाँमा उक्लिएको सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा झरेको थियो। आइतबार सुनको मूल्य तोलामा  २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियो।

बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँ रहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँ थियो।

मंगलबार चाँदीको मूल्य ११० रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेको थियो । सोमबार चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको थियो। आइतबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको थियो।

प्रतिकृया दिनुहोस