४ हजार ८ सय कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट
अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरका करिब ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो कम्पनीको कुल कार्यबलको करिब २ दशमलव १ प्रतिशत हो।
कम्पनीले विशेषगरी आफ्नो गेमिङ व्यवसाय ‘एक्सबक्स’ मा पुनर्संरचना गर्दै कर्मचारी संख्या घटाउन लागेको हो। एक्सबक्स डिभिजनमा १ हजार ६ सयभन्दा बढी कर्मचारीलाई तत्काल बिदा गरिएको छ।
माइक्रोसफ्टकी प्रमुख मानव स्रोत अधिकृत एमी कोलम्यानले बदलिँदो प्रविधि क्षेत्रमा ग्राहकलाई अझ राम्रो सेवा दिन कम्पनीले पुनर्संरचना गर्नुपरेको बताएकी छन्। एक्सबक्स प्रमुख आशा शर्माले भने यो कदम कम्पनीको दीर्घकालीन विकासका लागि आवश्यक रहेको बताएकी छन्।
पछिल्लो समय एआईमा लगानी बढेसँगै माइक्रोसफ्टसहित अमेजन र मेटा जस्ता ठूला प्रविधि कम्पनीहरूले पनि हजारौँ कर्मचारी कटौती गरिरहेका छन्।





प्रतिकृया दिनुहोस