विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज र भोलि दुईदिने भारत भ्रमणका रहने भएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन्।
ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ मन्त्रिपरिषद्को चौथो बरियतामा रहेका छन्। प्रधानमन्त्री शाहपछिको दोस्रो बरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल उनीसँगै भारत भ्रमण टोलीमा संलग्न रहेकाले चौथो स्थानमा रहेका ऊर्जामन्त्री श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका हुन् । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरेर सोमबार साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।




प्रतिकृया दिनुहोस