फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान
धनगढी। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत रङ्गशाला निर्माणको प्रारम्भिक चरणका काम अघि बढाउन ठेक्का प्रक्रिया सुरु गरिएको जानकारी दिएका हुन्।
मन्त्री लम्सालका अनुसार यस ठेक्काअन्तर्गत हालको जमिनको सतहबाट आवश्यक माटो भर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका काम समावेश छन्। उनले सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्।
रङ्गशाला निर्माणले खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्य रहेको मन्त्री लम्सालको भनाइ छ।
नेपाल प्रिमियर लिग (NPL) को फाइनल खेलको अवसर पारेर उक्त जानकारी सार्वजनिक गर्दै उनले फाइनलमा प्रतिस्पर्धा गर्ने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स दुवै टोलीलाई शुभकामनासमेत दिएका छन्।

_hBN2nkpbIB.jpeg)



प्रतिकृया दिनुहोस