एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, २०२६ को उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ।

यो फाइनल प्रतिस्पर्धा गत संस्करणको पुनराबृत्तिका रूपमा हेरिएको छ। गत संस्करणमा पनि उपाधिका लागि सुदूर पश्चिम र लुम्बिनी भिडेका थिए। उपाधि लुम्बिनीले जितेको थियो।

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपिएलको फाइनलमा प्रवेश गरेको हो। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो।

लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। लिग चरणमा पनि लुम्बिनीले सुदूर पश्चिमलाई हराएको थियो।

प्रतिकृया दिनुहोस
↑