एसिया राइजिङ स्टार्स कपमा नेपालले आज भारत ‘ए’ सँग खेल्दै
कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज भारत ए सँग प्रतिस्पर्धा गर्दैछ । यो समूह ‘बी’को पहिलो खेल हो ।
समूहमा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । खेल एकदिवसीय प्रणालीमा हुनेछ ।
नेपालले यसपछि नोभेम्बर २२ मा यूएईसँग खेल्नेछ । नेपालले नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग खेल्ने तालिका छ ।
भारतसँगको खेल कतारको दोहास्थित वेस्ट इन्डि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार ३ः४५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रोपटक भारत ‘ए’सँग खेल्न लागेको हो । एकदिवसीय अन्तर्राष्ट्रियतर्फ भने नेपाल पहिलोपटक भारतसँग भिड्न लागेको हो । नेपालले यसअघि सन् २०२३ को जुलाई १७ मा एसीसी मेन्स इमिर्जङ टिम एसिया कपमा भारत ‘ए’सँग खेलेको थियो ।





प्रतिकृया दिनुहोस