आज चितवन र कर्णाली तथा काठमाण्डु र पोखरा भिड्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल साढे १२ बजे हुने चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ।
अंक तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोज प्लेअफमा पुगिसकेको छ। कर्णाली याक्स अंक तालिकाको सातौँ स्थानमा छ। दोस्रो खेलमा अपराह्न साढे ४ बजे हुने काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।
दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। अंक तालिकाको तेस्रो स्थानमा रहेको काडमाण्डु प्लेअफमा पुगिसकेको छ। पोखरा अंक तालिकाको पुछारमा छ।
आजका खेलपछि अंक तालिकाको समीकरण र टिमको स्थान टुंगो लाग्नेछ।




प्रतिकृया दिनुहोस