एन्फामाथि राखेपले लगाएको सबै प्रतिबन्ध फुकु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ।
राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध हटाइएको हो।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षरमा एन्फालाई पठाइएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ बमोजिम प्रतिबन्ध फुकुवा गरिएको उल्लेख छ।
एन्फाले गत चैत २३ गते निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो। प्रतिबन्ध हटाउने निर्णयबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद मन्त्रालयका साथै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ।





प्रतिकृया दिनुहोस