लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको हो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३० बलमा १ छक्का र ३ चौकासहित ३४ रन बनाए । यस्तै निरोशन डिकवेलाले २७ बलमा १ छक्का र २ चौकासहित २७, दिलिप नाथले १६ बलमा २ छक्का र २ चौकासहित २५, आशिफ शेखले २१ बलमा १ छक्का र २ चौकासहित २१ रन बनाए ।
जनकपुरका लागि विशाल सुसिङ्ग र राहुल यादवले समान २-२ विकेट लिँदा ललित राजवंशी, कप्तान हर्मित सिंह र अविशेक तिवारीले १-१ विकेट लिए।





प्रतिकृया दिनुहोस