भरतपुरमा जुवाको खालबाट पाँच जना पक्राउ, ३३ हजार नगद बरामद

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नवीन चोकबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब १ बजे जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ निवासी २८ वर्षीय सुरज गुरुङ, ३१ वर्षीय चन्द्रबहादुर गुरुङ, ३३ वर्षीय विश्वास गुरुङ, २३ वर्षीय विक्रम गुरुङ र ३० वर्षीय सुरज बाबु बानियाँ रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले नगद ३३ हजार ९९० रुपैयाँ र दुई बुक तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई जुवा कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑