एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले टिकटको दर निर्धारण गरेको हो।

क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार लिग चरणका खेलहरू हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, नकआउट चरणअन्तर्गत एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानका अनुसार प्रतियोगिताका सबै खेलको टिकट आज साँझ ८ बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत खरिद गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस
↑