दक्षिण सुडानमा ड्रोन आक्रमण, कम्तीमा ८० जनाको मृत्यु
दक्षिण सुडानको पश्चिम कोर्डोफान राज्यस्थित अल–दिबाब सहरमा भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ। सोमबार चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार आइतबार साँझ बजारनजिक भएको आक्रमणमा घर फर्कन ट्रकको प्रतीक्षामा रहेका यात्रुहरू ठूलो सङ्ख्यामा मारिएका छन्।
प्रत्यक्षदर्शी अहमद अबाकर वादीका अनुसार सञ्चार सेवा अवरुद्ध रहेकाले उनले स्याटेलाइट इन्टरनेटमार्फत एएफपीलाई घटनाबारे जानकारी दिएका थिए।
वादीले आक्रमणमा मृत्यु भएका ५० जनाको शव गाड्न सहयोग गरेको बताए। मृतकमध्ये उनका आफ्नै भाइ मोहम्मद पनि रहेको उनले जानकारी दिए।
उनका अनुसार आक्रमणमा घाइते भएका ४७ जनालाई उपचारका लागि नजिकैको अल–मुजलाद सहर लगिएको थियो। तीमध्ये उपचारकै क्रममा ३० जनाको मृत्यु भएको चिकित्सक स्रोतले एएफपीलाई जनाएको छ।
आक्रमणमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गए पनि घटनाको जिम्मेवारी कसले लिएको हो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन।





प्रतिकृया दिनुहोस