त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्। आज(बिहिबार) बसेको त्रिवि सभाको ६७औँ वार्षिक दिवस बैठकमा त्रिवि सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले त्रिविका सबै संकायको नतिजा एक महिनाभित्र प्रकाशन गर्न निर्देशन दिएका हुन्।

शिक्षामन्त्री पोखरेलले परीक्षा नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बारम्बार गुनासो आउने गरेको पनि बैठकमा सुनाए।

उनले भने,‘त्रिविमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो आइरहेको छ,हरेक संकायको नतिजा एक महिना भित्र ल्याउनुपर्ने सम्माननीय प्रधानमन्त्री ज्यूको निर्देशन छ,यसलाई कडाइका साथ पालना गर्नुपर्छ।’

शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न उनले आग्रह गरे । विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्न पनि उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस
↑