मनकामना केबलकार भोलि एक दिन बन्द हुने

मनकामना केबलकार भोलि मंगलबार एक दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको जनाएको छ।

चाडपर्वअघि सेवामा थप सुरक्षा र सहजता सुनिश्चित गर्न नियमित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार असोज २१ गते बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस
↑