कांग्रेस महाधिवेशन उद्घाटन समारोह सुरू
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह सुरू भएको छ। काठमाडौंको खुला मञ्चमा दिउँसो २ बजेदेखि उद्घाटन समारोह सुरू हुने भनिए पनि केही ढिला गरी कार्यक्रम सुरू भएको छ।
उद्घाटन समारोहको कार्यक्रम महामन्त्री प्रदीप पौडेलले सञ्चालन गरेका छन्। उद्घाटन समारोह सुरू भइसक्दा कांग्रेसका प्रतिनिधि र शुभेच्छुक हरू खुला मञ्च पुग्ने क्रम जारी छ।
विभिन्न दलका नेताहरू पनि आउने क्रम जारी छ। महाधिवेशनमा देशभरका साथै विदेशबाट गरी करिब सात हजार सात सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्दै छन् ।
महाधिवेशन तालिकाअनुसार असोज १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ। निर्वाचन समितिले असोज १९ गते सोमबार अपराह्न २ देखि ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय तोकेको छ।





प्रतिकृया दिनुहोस