रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बैठक आह्वान गरिएको हो।
आजको बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन गर्ने तथा विभिन्न विभागीय प्रमुख र उपप्रमुखहरूको मनोनयन सम्बन्धमा छलफल हुनेछ।
यस्तै, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यहरूको नेतृत्वमा सञ्चालन गरिने 'हामी आउँदै छौँ' अभियानको रूपरेखा तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टलगायत बैठकमा विविध समसामयिक विषयहरूमा छलफल हुने पार्टीले जनाएको छ।





प्रतिकृया दिनुहोस