नेपालका लागि कराँते तर्फ तेन्जिङले जिते पहिलो कांस्य पदक
जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।
उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्। सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन्। यसअघि मंगलबार भएको खेलमा कातातर्फ नेपाली टोली पदकविहिन बनेको थियो।
यससँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ ।




प्रतिकृया दिनुहोस