काठमाडौंमा एक्स्ट्रिम पिएमजिओ साउथ एसिया फाइनल्स हुँदै

काठमाडौं । नेपालमा पब्जी मोवाइल गेमिङको ठूलो प्रतियोगिता पिएमजिओ साउथ एसिया फाइनल्स २०२६ हुने भएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक रहेको प्रतियोगिता भदौ ३१ देखी असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ ।

प्रतियोगितालाई एक्स्ट्रिम इनर्जी ड्रिंकले मुख्य प्रायोजन गर्दैछ । एक्स्ट्रिम इनर्जी ड्रिंक पिएमजिओ साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई(स्पोर्ट्सप्रति वढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ । 

प्रतियोगितामा सहभागी दर्शकका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरेन्स जोन समेत  रहनेछ । जहाँ उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम सञ्चालन हुने जनाईएको छ ।

यसले प्रतियोगितामा थप रौनकता थप्नुका साथै नयाँ अनुभवको अवसर प्रदान गर्ने विश्वास गरिएको छ । चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपालमा ई(स्पोर्ट्स र गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास आयोजकको छ ।

प्रतिकृया दिनुहोस