इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यको चरणमा पुगेको बताएका छन्। उनले इरान अमेरिकासँग सम्झौता गर्न निकै इच्छुक रहेको दाबी गरेका छन्।
नर्थ क्यारोलिनामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानी पक्षसँग प्रत्यक्ष सम्पर्क भइरहेको बताएका हुन्। इरानबाट पछिल्ला दिनमा कुनै सन्देश आएको छ कि छैन भन्ने प्रश्नमा उनले आफूले इरानसँग सोझै कुराकानी गरिरहेको बताए।
‘युद्ध कुन चरणमा पुगेको छ?’ भन्ने प्रश्नमा ट्रम्पले आफूहरू युद्धको अन्तिम चरणतर्फ पुग्ने आशा व्यक्त गरे। उनले इरान सम्झौता गर्न निकै उत्सुक रहेको बताउँदै अब घटनाक्रम कसरी अघि बढ्छ भन्ने हेर्नुपर्ने धारणा राखे।
इरानबाट आएको सन्देश मध्यस्थकर्तामार्फत आएको हो वा प्रत्यक्ष भन्ने प्रश्नमा ट्रम्पले इरानी पक्षबाट आफूलाई सोझै खबर आएको दाबी गरे।
यसअघि पनि ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावनाबारे आशावादी धारणा सार्वजनिक गर्दै आएका छन्। यद्यपि, युद्ध अन्त्यसम्बन्धी ठोस सम्झौता भने अझै भएको छैन।





प्रतिकृया दिनुहोस