लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छु : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

थारू कल्याणकारिणी सभाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित समाधान खोज्नुपर्ने बताइन्।

सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा मनाउँदै आएको छ। यस वर्ष ‘टीकापुर विद्रोह, आन्दोलनका माग–मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायका साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारभित्रैबाट उठाउँदै आएको बताइन्। उनले थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताइन्।

प्रतिकृया दिनुहोस