तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग–व्यवसाय
तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग–व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ। एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका छन्।
एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन्। दर्ता भएका फर्म व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रमा रहेका छन्।
कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीका अनुसार गत आवमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका छन्। आव २०८१/८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका छन्।
कार्यालयमा हालसम्म तीन हजार ४७७ उद्योग तथा व्यवसाय नवीकरण भएका छन्।





प्रतिकृया दिनुहोस